वन तथा वातावरण मन्त्रालय (तत्कालिन वन, वातावरण तथा भू संरक्षण मन्त्रालय) को मातहतमा वन निर्देशनालय र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र वन निर्देशनालय मातहत रहने गरी १४ वटा डिभिजन वन कार्यालय, ४ वटा भू तथा जलाधार व्यवस्थापन कार्यालय र ८६ वटा सव-डिभिजन वन कार्यालयहरु रहेका छन्। डिभिजन वन कार्यालय (साविक जिल्ला वन कार्यालय) र भू तथा जलाधार व्यवस्थापन कार्यालय (साविक जिल्ला भू संरक्षण कार्यालय) हरु प्रदेश सरकार अन्तर्गत रहेकोमा सो कार्यालयहरुसंग समन्वयकारी भुमिका निर्वाह गर्न तथा अनुगमन निरीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने।